काठमाडौँ/ सरकारले दसैंसम्ममा ३३ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाउने योजना रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । आइतबार विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठका अनुसार नेपाललाई कुल ५ करोड ५० लाख खोपको आवश्यकता रहेको छ । जसमध्ये हालसम्म १ करोड ४ लाख खोप लगाइसकिएको छ ।
ुपहिलो डोज १८ प्रतिशतका हाराहारीले पाएका छन् भने १५ प्रतिशतले पूर्ण डोज खोप लगाइसकेका छन्उ । दसैंसम्ममा जहाँबाट भए पनि २ करोड ५ लाख डोज खोप ल्याउँने बताउँदै राज्यमन्त्री श्रेष्ठले आगामी १० दिनभित्र ४४ लाख डोज भेरोसेल आउने दावी गरे ।

उनले बालबालिकाका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन लागेको पनि बताएका छन् । त्यसमा मोडर्नाका लागि रकम भुक्तान नै भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: