काठमाडौँ /दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतविरुद्ध आइतबार नेपाल पराजित भएपनि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरी हारका बावजुद टिमको प्रदर्शन उत्कृष्ट रहेको बताए ।

उनले भने, ‘नेपाली टिमको प्रदर्शनमा मलाई कुनै गुनासो छैन् । सबैले राम्रो खेले । हारमा धेरै गुनासो छैन ।’ उनले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिप नै रहेको दोहर्‍याउँदै मैत्रीपूर्ण खेलमा हारलाई स्वभाविक मान्नु पर्ने बताए । उनले साफमा नेपालको प्रदर्शन सुधारिएको हुने र राम्रो नतिजा आउने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: