काठमाडौं/ अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बिमा व्यवसाय करिब २६ प्रतिशतले वद्धि भएको बिमा समितिले जनाएको छ । समितिका अनुसार व्यवसाय बढेपछि बिमा कम्प्नीहरूले विमालेख विक्रिबाट गत वर्ष एक खर्ब ५२ अर्ब ६५ करोड रूपैयाँ शुल्क संकलन गरेका छन्।

समितिका अनुसार जीवन बिमा कम्पनीले एक खर्ब २० अर्ब ९५ करोड रूपैयाँ र निर्जीवन बिमा कम्पनीले ३१ अर्ब ७० करोड रूपैयाँ शुल्क संकलन गरेका छन्। अघिल्लो आवको तुलनामा निर्जीवन बिमा व्यवसाय करिब २३ र जीवन बिमा कम्पनीहरूको व्यवसाय २७ प्रतिशतले वृद्धि भएको समितिले जनाएको छ।

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको बिमालेख २४ प्रतिशतले वृद्धि भएर २७ लाख ३१ हजार सात सय ७३ पुगेको छ। यस अवधिमा जीवन बिमा कम्पनीहरूले जारी गरेको बिमा लेख अघिल्लो आवको तुलनामा ०।४१ प्रतिशतले वृद्धि भएर ८६ लाख १२ हजार आठ सय ५० पुगेको समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: