काठमाडौँ / दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी ० को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितीमा घटेको देखिएको उल्लेख गर्दै समितिले उनीहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जवानले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए ।

घटनाको दुई दिनपछि साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सम्मिलित छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएका थिए । छानबिन समितिले घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: