विस्तारित सेवा शुरु भएपछि सेवाग्राहीले विहान ८ बजे देखि साँझ ६ः३० बजेसम्म आँखा उपचार सम्बन्धि सेवा लिन पाउने भएका छन् ।

काठमाडौं/ सेवाग्राहीको चापलाई व्यवस्थित गर्न तिलगंगा आँखा प्रतिष्ठानमा भदौ १६ गतेदेखि विस्तारित सेवा सञ्चालन गर्ने भएको छ । आइतवार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले कोभिड १९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले विस्तारित सेवा सञ्चालन गर्न लागिएको जनाएको छ ।

प्रतिष्ठानले अहिले बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको छ । विस्तारित सेवा शुरु भएपछि सेवाग्राहीले विहान ८ बजे देखि साँझ ६ः३० बजेसम्म आँखा उपचार सम्बन्धि सेवा लिन पाउने भएका छन् । कार्यालय समय भित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताको कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा शुरु गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । विज्ञप्ति अनुसार नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् ।

प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको जनाएको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने लगायतका सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: