काठमाडौँ / चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । शनिबार साँझ बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।

त्यहीअनुसार कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले सानेपास्थित केन्द्रीय कार्यालयमा पुगेर माग सम्बोधन गर्ने सहमतिपछि जिल्ला सभापतिहरूले अनशन तोडेका हुन् । कार्यदलमा मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् ।

संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्नेसहित तीन बुँदे माग राखेर पौडेल समूहका जिल्ला सभापतिहरू चार दिनदेखि रिले अनशनमा थिए ।

शनिबार अपरान्हबाट उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका दिपनकुमार श्रेष्ठ र काठमाडौंका कृष्ण (सबुज) बानियाँ अनशनमा बसेका थिए । कार्यदलसँग सहमतिपछि अनशन तोडिएको काठमाडौंका सभापति बानियाँले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: