काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई एमाले फुटाउन र केपी ओलीलाई सत्ताबाट ढाल्न उक्साउने दोस्रो तहका नेताहरुले पार्टी फुटाउन बेला खुट्टा कमाएको आरोप लगाएका छन् । शनिवार पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपाल आफूलाई वीचमै छाडेर हिडेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन ।

अध्यक्ष नेपालले एमाले फुटाउन निर्वाचन आयोगमा अरु दुईटा पार्टी पनि उनीहरुले नै दर्ता गराएको खुलासा गर्दै भने —‘म आज पहिलो पटक खुलासा गर्छु,कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने पनि दोस्रो पुस्ताका नेता हुन् । नेकपा लोकतान्त्रिक पनि उनीहरुले खोलेका हुन् ।

नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भने उनीहरू भागेको आरोप समेत लगाए । तिनीहरुका खुट्टा कामे म अगाडि बढेँ । मलाई घचेटेर अघि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन । म कसैको सहारा लिएर हिड्ने होइन । मेरो सहारा भनेका जिल्ला तहका कार्यकर्ता हुन् —नेपालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: