काठमाडौं । नेकपा ले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोसातामा गर्ने भएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

मंगलवार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ । असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए । असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: