काठमाडौँ / अमेरिका र बेलायतले अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरेका छन । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई उद्धार गरिएको हो ।

उद्धार गरिएका नेपालीहरूलाई काबुलको ग्रिन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी सैन्य बेसक्याम्पमा राखिएका छ। अमेरिकी सेनाको विमानबाट अमेरिकी दूतावासको सुरक्षामा तैनाथ ३ सय ८५ जना र युरोपियन युनियन डेलिगेट्समा खटिएका ७४ जना नेपालीलाई दोहास्थित अमेरिकी बेसक्याम्पमा लगेर राखिएको बताइएको छ ।

बेलायत दूतावासमा खटिएका ८७ जना नेपाली सुरक्षागार्डलाई भने उद्धार गरी बेलायत पुर्‍याइएको छ । गार्डा दि वर्ल्ड (आईपीएस) कम्पनीमार्फत उनीहरू बेलायती दूतावासमा खटिएका थिए ।

जर्मनी, जापान र क्यानडेली दूतावाससहित अन्य अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत ४ सय ३७ जना नेपाली सुरक्षागार्ड भने हमिद कारजाई विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् । उनीहरूले हार्ट कम्पनीमार्फत ती निकायमा काम गरेका थिए । उनीहरूलाई क्याम्पबाट तालिवानले नै विमानस्थल जान दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: