काठमाडौँ / अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । ३४ वर्षीय मेसीका लागि तेस्रो वर्षका लागि पनि मौका दिइने बताइएको छ ।

ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेसीले केही दिनअघि मात्रै बार्सिलोना छाडेका थिए । ‘पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्नका लागि म निकै आतुर छु । क्लब र यसको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन्,’ मेसीले सम्झौतापछि भनेका छन् ।
त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेसीलाई आफ्नो परिवारमा भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: