काठमाडौँ / कोरोना संक्रमणबाट नेपालमा थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार १५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार २१७ पीसीआर परीक्षणमा मंगलबार थप ३ हजार १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ९०६ परीक्षणबाट १ हजार ७१० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १९ हजार १२३ परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २० हजार ६८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: