काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । कोरोना भाइरसको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो ।

नेपाल भलिबल संघले सूचना जारी गर्दै फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको जानकारी गराएको हो ।

एसियल भलिबल कन्फेडेरेसनले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको सूचनामा उल्लेख गरिएको । नेपालले पनि शुरुमा यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भनिए पनि कोभिडका कारण प्रवेश निषेध रहेकोले नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: