काठमाडौं / नवलपरासीमा सोमवार राती भएको दूर्घटनामा परि प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ । ४३ वर्षीय कपिल वाग्लेको गएराति आठ बजेतिर बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: