काठमाडौं / म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलवार विहान आगलागी भएको छ । बेनी नगरपालिका ८ न्यूरोडमा अवस्थित सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको घरमा आगालागी भएको हो ।

विश्वकर्माको घरमा रहेको रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ ।

पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: