काठमाडौँ / ओली पक्षले पार्टी संगठनमा व्यापक हेरफेर हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेपछि एमाले एकताको प्रयास संकटमा परेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गराएका थिए । ओलीको यो कदमले वरिष्ठ नेता माधवकुमार नेपालबिनै पार्टी अगाडी बढाउने संकेत मिलेको छ ।

नेकपाले भदौ २७ र २८ का लागि तय भएको विधान महाधिवेशनमा पेस गर्न तयार गरिएको विधान संशोधन मस्यौदामा अहिलेको संरचनामा व्यापक हेरफेर गरिएको छ । यसमा नेपाल समूहले असन्तुष्टि जनाएको छ । नेपाल समूहले एकताका लागि विधान महाधिवेशन र सदस्यता नवीकरण रोक्नुपर्ने सर्त राखेको थियो । पार्टीको पछिल्लो कदमले एकतालाई थप जटिल बनाएको नेपाल समूहका नेताहरूको भनाइ छ ।

ओलीले केन्द्रीय कमिटी बैठकमा पनि नेपालसँग दूरी बढ्दै गएको र उनीबिनै अगाडि बढ्न सकिने प्रस्ट संकेत दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर नेपालले एमालेलाई ध्वस्त गर्न लागेको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: