काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ । उनलाई वीर अस्पतालबाट प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा सरुवा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
डा। गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी बनाइएको छ । डा। मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो । स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी पाउनु अघि उनी प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक थिए । हाल प्रसूतिको निर्देशकमा डा. संगिता मिश्र रहेकी छन् । डा. गौतमलाई प्रसूतिमा के जिम्मेवारी दिएको छ भन्ने यकिन भइसकेको छैन ।

आइतबार वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि उनले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै अस्पतालका कर्मचारीले डा। गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमा नै धर्ना दिइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: