पुष्कर मल्ल
काठमाडौँ/ सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०र४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता भएको बताएका हुन ।

मन्त्री श्रेष्ठका अनुसार फाइजर र जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि सम्झौता भएको छ भने मोडर्ना खोप किन्न विश्व बैंकमार्फत भुक्तानीसमेत भइसकेको छ । यी खोप माघभित्र आइसक्ने मन्त्री श्रेष्ठले जनाएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले भने ‘मैले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोरकिशोरीसमेतलाई लक्षित गरी मोडर्ना, जोन्सन एन्ड जोन्सन, फाइजर र अस्ट्राजेनेकाको गरी १ करोड ५० लाख डोज खरिद गर्न सम्झौता भएको छ, ।’

चैतसम्म सबै नेपालीले खोप लगाइसक्ने दाबी गर्दै मन्त्री श्रेष्ठले एकतिहाइलाई असोज र सम्पूर्ण नागरिकलाई चैतभित्र खोप लगाइसक्ने बताए । मन्त्री श्रेष्ठका अनुसार सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनेकाको खोप लगाउने योजना बनाएको छ । प्राप्त भएको तीन दिनभित्र ज्येष्ठ नागरिकलाई लगाइने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: