काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चल्ने दावी गरेका छन् । शनिवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन ।

केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताउँदै प्रधानमन्त्री ओलीले अब नेपालमा लगातार आउने बताएका हुन । ‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’ प्रधानमन्त्री ओलीले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: