विराटनगर / निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । शनिबार दिउँसो पानीको बहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो । बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार कोसी ब्यारेजमा ५६ वटा ढोका छन् । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरिएको छ ।

कोसीमा पानीको वहाव दुई लाख ५० हजारभन्दा माथि गएपछि खतरा मानिन्छ । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तीसमेत बालिएको छ । सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क राखिएको छ भने सरकारी अधिकारीहरूले तटीय क्षेत्रका वासिन्दलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: