काठमाडौं / बिहीबार आएको बाढी पहिरो र चट्याङमा परेर चितवन, तनहुँ र सिन्धुलीमा सात जनाको मृत्यु भएको छ  भने तीन जना बेपत्ता छन् । तनहुँ र गोरखामा आठ जना घाइते भएका छन् । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

बाढीपहिरोले चितवनमा बिहीबार दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना बेपत्ता छन् । बिहीबार नै चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१२ को लोथरमा पहिरोले दुई घर र एउटा गोठ भत्काएको छ । निरन्तरको वर्षापछि आएको बाढी पहिरोले गोरखा, लमजुङ, पूर्वी नवलपरासीलगायत जिल्लामा ठूलो संख्यामा नागरिकहरु विस्थापित भएका छन् ।

नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा बुधबार राति सवा दुई बजे पहिरो जाँदा अवरुद्ध भएको सडक मध्याह्न मात्रै एकतर्फी खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: