काठमाडौँ / नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ दल त्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिनका लागि भन्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको हो ।

उनीहरु दुवै जना निर्वाचित भएको दल माओवादी त्याग गरी एमाले प्रवेश गरेका थिए । न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार साह र कुशवाहाको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।

निवेदनका सम्बन्धमा देखिएको विवादको गम्भीर कानुनी व्याख्या गर्नुपर्ने, निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको भन्दै उनीहरूलाई मेयरका रूपमा काम गर्नबाट रोक नलगाउन अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

माओवादीको वैशाख १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त भएको निर्णय गरेको थियो । आयोगले उनीहरूलाई असार ११ गते पदमुक्त भएको जानकारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: