काठमाडौँ / पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट गरी ४ हजार ९१४ जना कोरोना निको भएर घर फर्किएका हुन् । यो सँगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार १ हजार १७४ संक्रमित थपिएका छन् । विभिन्न जिल्लामा गरिएको ४ हजार ७०४ पीसीआर परीक्षणमा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो ।

४ हजार ८०६ एन्टिजेन परीक्षणमा ८४२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । कोरोना संक्रमणका कारण मुलुकभर थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: