काठमाडौँ / नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताउँदै आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नहुने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले उक्तकुरा बताएका हुन ।

नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताउँदै नेता नेपालले त्यसलाई आफूले स्वीकार नगरेको समेत बताए । ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने ।

आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले आफूहरुको लडाई ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: