काठमाडौं / बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत हुन सकेन । बहुमत सदस्य अनुपस्थित भएपछि नगरसभा बैठकमा बजेट प्रस्तुत हुन नसकेको हो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार आज स्थगित भएको नगरसभा तीन दिनपछि फेरि बस्नेछ । उनका अनुसार यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि अर्को सभा बोलाइनेछ । सो नगरसभा बैठकमा बहुमत सदस्य उपस्थित नभए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने महानगरपालिकाको योजना छ ।

बुधबार नगरसभामा रहेका ९२ सदस्यमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित ६६ जनाले बैठक बहिस्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: