काठमाडौँ / प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबारबाट सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको मुद्दाको पहिलो दिनको बहस सकिएको छ । उक्त मुद्दालाई सर्वाेच्च अदालतले बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।

पहिलो दिनको बहसमा रिट निवेदक सांसदहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीगरि पाँचजनाले बहस गरेका थिए । बहसका क्रममा निवेदकका कानुन व्यवसायीले संविधानको धारा ७५ (५) बमोजिम सरकार गठन आह्वान गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय ४९ सांसदहरू हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा दाबी लिएर जाँदा पनि नियुक्त नगरेको र प्रतिनिधिसभा बदनियत राखेर विघटन गरेको बताएका थिए ।

उनीहरूले विश्वासको मत प्राप्त गर्न सक्दैन भनेर मार्ग प्रसस्त गरेका प्रधानमन्त्री ओलीले फेरि दाबी गर्नु बदनियत भएको तर्क गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: