काठमाडौँ /वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गते देखि सुचारु हुने भएको छ । सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको हो । सचिव स्तरीय निर्णयबाट जुलाई १ तारिख (असार १७) देखि आन्तरिक उडान सामान्य अवस्थाको तालिकाका आधारमा ५० प्रतिशतमात्रै सञ्चालन गर्ने निर्णय भएको हो ।

कोरोना संक्रमण रोकथाम गर्न भन्दै सरकारले वैशाख २० गतेदेखि व्यवसायिक आन्तरिक उडान बन्द गरेको थियो । पर्यटन सचिव यादव प्रसाद कोइरालाले बुधबार असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ ।

गत वर्ष कोराना संक्रमण रोकथाम गर्ने उद्देश्यले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि असोज ५ गते सर्त र कोटासहित सुचारु भएको थियो । आन्तरिक उडानमा ९ वटा वायुसेवा कम्पनी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: