काठमाडौँ / पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ४६१ पीसीआर परीक्षणमा १ हजार ५११ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९५३ एन्टिजेन परीक्षणमा ९१० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: