काठमाडौं / पछिल्लो २४ घण्टामा मुलुकभर थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ भने ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: