काठमाडौं / काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक फरक दिनमा फरक फरक खोल्न पाइने निर्णय गरेको छ ।

कुन दिन कुन पसल खोल्न पाइन्छ ? हेर्नुस यस्तो छ पसल खोल्न पाइने सूची–

औषधी पसल– जुनसुकै समयमा खोल्न पाइने

प्रत्येक दिन, बिहान ११ बजेसम्म खोल्न पाइने–
खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी

सोमबार, बुधबार र शुक्रबार–
डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ

आइतबार, मंगलबार र बिहीबार–
सुनचाँदा पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल
दैनिक दिउँसोमात्रै खोल्न पाइने– हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ, बिहान ११ देखि ६ बजेसम्म मात्रै

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी बेलुका ७ बजेसम्म

वर्कशप दैनिक बेलुका ७ बजेसम्म

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: