लमजुङ / मनाङको हुम्डेमा मर्स्याङ्दी नदी आधा घण्टा थुनिएको छ । शनिबार हुम्डे विमानस्थलको उत्तरी छेउदेखि डेढ सय मिटर माथि रहेको थुम्का खसेपछि मर्स्याङ्दी थुनिएको हो ।

हुम्डेमा मर्स्याङ्दीको बाढीले दायाँपट्टी लो–फेलिङ स्कुलतर्फ च्याप्दै लगेको छ । दायाँपट्टीबाट पहिरो खस्न थालेको छ । ‘हुम्डेमा साँढे १ बजेतिर आधा घण्टाजति थुनिएको हो । अहिले खुलेपछि बाढी बढेर आएको छ जसले गर्दा चामेलगायत ठाउँ मर्स्याङ्दीको डुवानमा पर्न थालेका छन् ।

यस्तै,चामेमा घट्टेखोलाको बाढीले ढुंगामुढा बगाएर केही समथर भागमा थुपारेपछि बाढीले तालको रुप लिएको छ । माथिबाट बाढी बढेर आउनु र तल थुनिएपछि माथिल्लो मनाङ जानका लागि चामेमा निर्माण गरिएको बेलिब्रिजको माथिबाट बाढी बग्न थालेको छ । पारिपट्टीका घरहरु डुबानमा परेको छ । पानी निरन्तर बगेको र बाढी बढिरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: