काठमाडौं / प्रमुख विपक्षी नेपाली कांग्रेसले ‘दलहरुबीचको सहकार्यलाई अगाडि बढाउँदै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारका गतिविधि स्वेच्छाचारी भएको भन्दै कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: