कास्की / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । उनको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए ।

पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार प्रदेश सभामा विश्वासको मत मागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: