काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत जानकारी लिएका छन् । हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै सभामुख सापकोटा मेलम्चि पुगेका थिए । सभामुख सापकोटालो बाढी र त्यसबाट भएको क्षतिका सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र स्थानीयसँग जानकारी लिएका थिए ।

सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताए । सभामुख सापकोटाले उद्धार र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जोड दिंदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेका छन्। सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनस्थापनाको काम अघि बढाउन सबैमा अपिलसमेत गरेका छन् ।

सभामुख सापकोटाले बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि खाद्यान्ह्लगायतका राहत सामग्री इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिलाई हस्तान्तरण गरेका छन्। समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: