पोखरा / मादी खोलामा आएको बाढीले निर्माणाधीन सुसुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले
चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट र तीनवटा क्रस बगाएको आयोजनाले जनाएको छ ।

आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार सँढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम अन्तिम चरणमा थियो। बाढीका कारण आयोजनाको करिब १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको छ । बाढी आएपछि आयोजनामा कार्यरत ३ सय भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: