काठमाडौं / मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोमा परी स्थानीय सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलका अनुसार स्थानीय जनप्रतिनिधि र प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको बताए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

बाढीका कारण हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची बजारमा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

मेलम्चीको बाढीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको स्थानीयले जानकारी दिएका छन् । मेलम्चीमा पानीको बहाव घटेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: