बीबीसी / अमेरिकामा गतवर्ष अश्वेत नागरिक जोर्ज फ्ल्योएडको प्रहरीद्वारा हत्या भएपछि विश्वभर रंगभेदविरुद्धको आन्दोलन चर्किएको थियो। फ्ल्योएडको घाँटीमा प्रहरी डेरेक चाउभिनले ८ मिनेटसम्म घुँडाले थिचेपछि उनको ज्यान गएको थियो।

सो घटनाको फोटो र भिडिओ खिच्ने १८ वर्षकी किशोरी डारनेला फ्रेजियरलाई यतिबेला उनको साहसको लागि द पुलिट्जर प्राइज बोर्डले ‘विशेष पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने भएको छ। उनले बनाएको भिडिओले अमेरिकामा रंगभेदविरुद्धको ठूलो आन्दोलनले जन्म लिएको भन्दै भिडिओ र फोटोले क्रान्तिको काम गरेको बताइएको छ।

प्रहरीको दमनका लागि सो भिडिओ गतिलो प्रमाण भएपछि यतिबेला उनलाई पुलिट्जर अवार्ड प्रदान गर्न लागिएको हो। यो पुरस्कार विश्वकै उत्कृष्ट पत्रकारिता पुरस्कारमध्येमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: