काठमाडौँ / नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको औल्याएको छ । निषेधाज्ञा र व्यवसायिक गतिविध ठप्प रहेको अवस्थामा समेत कतिपय कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले अध्ययन गरेको थियो ।

बोर्डले सार्वजनिक गरेको अध्ययनले राम्रो अवस्था नभएका धेरै कम्पनीको सेयर मूल्य समेत उच्च अंकले बढेकाले सेयर बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष निकालिएको छ ।

बोर्डले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ । मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा गत असारको तुलनामा केही कम्पनीको सूचीकृत मूल्यमा अस्वाभाविक वृद्धि देखिएको र उच्च मूल्य वृद्धिको यथोचित कारण यकिन हुन नसकेको उल्लेख गरिएको छ । बोर्डका एक अधिकारिले यही आधारमा बजारमा सबै कम्पनीको मूल्य वृद्धि अस्वाभाविक भएको रूपमा बुझ्न नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: