काठमाडौँ / नेपाल विश्वकप २०२२ को एसियाली छनोटको अन्तिम खेलमा अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । शुक्रबार कुवेतको जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो ।

समूह ‘बी’ को खेलमा अस्ट्रेलियाका म्याथ्यु लेकीले सातौं मिनेटमा हेडबाट गोल गरेर टिमलाई अग्रता दिएको थिए । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा अस्ट्रेलियाका लागि दोस्रो गोल गरे । मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे ।

पहिलो हाफको अन्त्यमा बोएलमाथिको फलका कारण नेपालले रोहित चन्दलाई गुमाएको हो । रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।
१० खेलाडीमा सिमित नेपाल दबाबमा थियो । नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बू निकै ब्यस्त रहे र उनले दुवै हाफमा केही उत्कृष्ट बचाउ गरे । नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुश घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो ।

अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंक सहित अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: