पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका थिए ।

विहिबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गुरुङले नेकपा एमालेका सांसदको २७ मात्रै मत प्राप्त गरे । विश्वासको मतको प्रस्तावको विपक्षमा भने ३० मत प्राप्त भएको थियो । प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले विश्वासको पक्षमा मतदान गरे । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले भने मतदान प्रक्रियामा पनि भाग लिएनन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका कृष्ण थापा तटस्थ बसे ।

विश्वासको मतको प्रस्तावको विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: