आफू अल्पमतमा परे प्रदेश सभा भंग गरेर निर्वाचनको घोषणा गर्ने मुख्यमन्त्री गुरुङको अभिव्यक्ति आएपछि मनाङेले मुख्यमन्त्रीको साथ छाड्न लागेको बताएका छन् ।

पोखरा / युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उनले सत्ता पक्षको साथ छाडेका हुन् । मनाङेले साथ छाडेसँगै मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्ने लगभग निश्चित भएको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

मनाङेले मुख्यमन्त्री गुरुङको साथ छाडेपछि नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।
राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको बहुमत नपुग्ने अवस्था छ । मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारी गरेका थिए । आफू अल्पमतमा परे प्रदेश सभा भंग गरेर निर्वाचनको घोषणा गर्ने मुख्यमन्त्री गुरुङको अभिव्यक्ति आएपछि मनाङेले मुख्यमन्त्रीको साथ छाड्न लागेको बताएका छन् ।

गत १५ वैशाखमा गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमा मतदानको तयारी भइरहेको समयमा सम्पर्कविहीन भएका मनाङेलाई मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: