अदालतले विशेष प्रकृतिका मुद्दाको फैसला गर्न विज्ञको आवश्यकता औल्याउन सक्छ । इजलासलाई सहयोग गर्न गठन गरिने विज्ञको समूहलाई एमीकस क्युरी भनिन्छ ।

काठमाडौँ / प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवेधानिक इजलासले “एमीकस क्युरी” झिकाउन आदेश दिएको छ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।

बुधबारको सुनुवाइपछि जारी आदेशमा ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ।

एमीकस क्युरी के हो ?

    अदालतले विशेष प्रकृतिका मुद्दाको फैसला गर्न विज्ञको आवश्यकता औल्याउन सक्छ । इजलासलाई सहयोग गर्न गठन गरिने विज्ञको समूहलाई एमीकस क्युरी भनिन्छ । इजलासले कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी एमीकस क्युरी का रूपमा झिकाई मुद्दाको सबालमा राय लिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: