काठमाडौँ / पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना पुष्टि भएको हो । यो अवधिमा थप ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार यो अवधिमा ४ हजार ५६६ एन्टिजेन परीक्षण गरिएकोमा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ५ हजार ७६८ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: