भक्तपुर/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुरले भक्तपुुर नगरपालिकाद्धारा स्थापित प्रकोप व्यवस्थापन कोषमा तीन लाख एक हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न आर्थिक सहयोगको आह्वान गरेपछि संस्थाले यो आर्थिक सहयोग उपलब्ध गराएको मुख्य प्रबन्धक लीलानाथ गौतमले जानकारी दिए ।

मुख्य प्रबन्धक गौतमका अनुसार संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई ७५ हजार रुपैयाँ रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण परिचालनसँगै समय समयमा विभिन्न सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आइरहेको छ । यो सहकारीले कृषकहरुलाई कृषि कार्यका लागि सघाउन पावर ट्रेलर, मिनि ट्रेलर, पम्प लगायतका आवश्यक पर्ने विभिन्न आधुनिक उपकरणहरु सर्वसुलभ मूल्यमा विक्रि वितरणको काम पनि गरिरहेको छ । त्यसैगरी उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: