काठमाडौं / कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको सन् २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसँग ३—० गोलअन्तरले पराजित भएको छ । जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरेका थिए ।

जोर्डनका लागि फैजलले खेलको २४औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । रोहित चन्दले विपक्षी खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा फैजलले गोल गरेका थिए । फैजलले फ्रिकिकमार्फत ४९औं मिनेटमा दोश्रो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालका कप्तान किरणले केही राम्रा बचाउ गरेर जोर्डनका थुप्रै मौका चुकाएको थियो । खेलको ६७औं मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरे ।

समूह बी मा रहेको नेपालले सातौं खेल खेल्दा यो पाँचौ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३—० ले पराजित भएको थियो । यस्तै कुवेत विरुद्ध दुवै खेलमा पराजित भएको नेपाल अष्ट्रेलिया विरुद्ध पनि पराजित भएको थियो । चाइनिज ताइपेई विरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो ।

७ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको नेपालल अब अष्ट्रेलियासंग खेल्न बाँकी छ । जोर्डनसंग हारपछि नेपालको एसिया कपको लागि सिधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ । यस्तै कतार विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना अब सकिएको छ ।

नेपालले अब २०२३ मा चीनमा हुने एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने लगभग पक्का भएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: