जनकपुर / प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर(राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् ।

बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा रहेका छन् ।
मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएकोबारे प्रदेश प्रमुख राजेश झा अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: