काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गरेर शैक्षिक सत्र अगाडि बढाउन निर्देशन दिएका हुन् ।

छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्ष २०७८/०७९ को मन्त्रालयअन्तर्गतको बजेट कार्यविधि तयार गरी साउन १ गतेबाटै कार्यान्वयन गर्न र तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

यसैवीच राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयमा भएको छलफलका क्रममा एसईई परीक्षाको मिति केहि दिन भित्रै तय गरिने बताएका छन् । सरकारले गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: