काठमाडौँ / पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको कोभिड ब्रफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: