काठमाडौँ / सर्वोच्च अदालतले आइतबार गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । थापा बागलुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको ह्वीप उलंघन गरेको भन्दै थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको थियो । थापाले एमालेलाई समर्थन गरेका थिए । पार्टीले कारबाही गरेपछि उनी सर्वोच्च अदालत गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: