काठमाडौं / डिशहोमले २ सय ३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा शुरु गरेको छ । स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको यो कम्पनीले कम्बो प्याकेजको रुपमा इन्टरनेट सेवा शुरु गरेका हो । यो अफरमा डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस एफटीटीएच सेवा उपभोग गर्न पाउने कम्पनीले जनाएको छ ।

इन्टरनेट सेवाप्रदायकले इन्टरनेटसँगै आईपीटिभी सेवा निःशुल्क गरेर आक्रमक बजार विस्तार थालेपछि डिशहोमले समेत इन्टरनेट सेवाको शुभारम्भ गरेका जनाएको छ । किसिमको रणनीति लिएको हो ।

कम्पनीले ल्याएको कम्बो अफरमा उपभोक्ताले वार्षिक ७ हजार २ सय रुपैयाँ मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्न पाउने छन् । कम्पनीले वार्षिक १० हजार रुपैयाँमा डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने अफर पनि ल्याएको छ ।

बजार प्रतिस्पर्धि बनेसँगै कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत घटाएको छ । कम्पनीले अब मासिक ६०० रुपैयाँ (भ्याट बाहेक) मा प्रिमियम प्याकेजको सेवा उपलब्ध गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: