प्रत्यक्षदर्शीका अनुसार कार प्रदेशसभा सदस्य कार्कीका छोरा रोबिन कार्कीले चलाएका थिए । तर चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।

विराटनगर / प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट बिहीबार राती विराटनगरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् ।

विराटनगरस्थित एयरपोर्ट रोडमा राति करिब साढे ७ बजे कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए । कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्छन् ।

प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार कार प्रदेशसभा सदस्य कार्कीका छोरा रोबिन कार्कीले चलाएका थिए । तर चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: